'सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्'
साइबर स्यालदेखि होसियार

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था संकटपूर्ण रहेको भन्दै त्यसको जिम्मेवारी अध्यक्ष केपी ओली भएको आरोप लगाएका छन् । काठमाडौँमा आफ्नो पक्षको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘पार्टी कस्तो अवस्थाबाट गुज्रिदैं छ ? सवैको मनमा जिज्ञासा हुनसक्छ । पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यो कसको कारणले सिर्जना भयो ? यसको जिम्मेवार को हुन् ? यो प्रश्न उत्पन्न भएको छ,’ उनले भने, ‘विगतको धेरै चर्चा गर्न चाहन्नँ । यो कार्यकर्ता भेला रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’
कम्युनिष्टमा विचार दर्शन र सिद्धान्त भएन भने पार्टी बनाउन नसकिने र अहिले ओलीमा यही भइरहेको उनको आरोप छ । ‘यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन पार्टी अध्यक्ष केपी शर्मा ओली जी, सबै बितण्डाको निम्ति उहाँ नै जिम्मेवार हुनुपर्छ । तथ्य र प्रमाण चाहिन्छ भने एक भारी छन्’ उनले भने । उनले साइबर स्यालहरु ज्युँदै रहेछन् भन्दै टिप्पणी पनि गरे । ‘यो साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । अहिले पनि बाङ्चिगरहेकै रहेछन्,’ उनले भने, ‘अब एमाले पुनर्जीवन पाइसकेपछि पनि ज्यूँदै रहेछ । साइबर स्यालदेखि होसियार ।’

युरोपेली संघको कूटनीतिक टोली काठमाडौँमा

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

प्रतिक्रिया