सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी

एजेन्सी – रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ ।
रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो ।
“रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,” रूसी एक अधिकारीले भने ।
फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको संकेत उल्लेख गर्ने घोषणा गरेको थियो ।
मेटाले रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नैै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको छ ।
रूसले युक्रेनमाथी आक्रमण गरेपछि त्यसविरुद्धमा सामाजिक सञ्जालहरूमा रूसविरुद्ध चर्को आलोचना गर्दै हिंसा भड्काउने सामग्री प्रकाशित हुन थालेका थिए ।
अमेरिकी कतिपय सञ्चार माध्यमहरुमा रूस र बेलारुसका राष्ट्रपतिको हत्या गर्नुपर्ने जस्ता प्रतिक्रियासहितका सामग्रीहरु प्रकाशित भइरहेको रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।
–––

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया