पाँच तस्बिरमा हेर्नुहोस् खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौँ : नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । बिहीबारसम्म चल्ने भेला बुधबार सानेपास्थित हेरिटेज गार्डेनभेलामा सुरु भएको हो । भेलामा सहभागी हुन देशभरबाट समूहका नेता-कार्यकर्ताको सहभागिता छ । कार्यक्रम हल नेता/कार्यकर्ताले भरिभराउ छ ।
केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समूहले छलफल गरेको थियो । तर छलफल सकरात्मक नभएपछि यो समूहले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको थियो । ओलीसँगको छलफलपछि नेता नेपालले सोमबार आफ्नो समूहका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गरेका थिए ।
अध्यक्ष ओलीले नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेका थिए । पार्टीमा ओलीले एकलौटी गरेपछि नेपाल समूहले भेला आयोजना गरेको हो । आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए । नेता नेपालले सहकार्य सहज नरहेको बैठकमा बिफ्रिङ गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया