पहिलो बागमती प्रदेश खेलकुद प्रतियोगिता भोलिबाट

मकवानपुर- बागमती प्रदेश खेलकुद विकास परिषदले आयोजना गर्न लागेको प्रथम प्रदेश खेलकुद प्रतियोगिता भोलि २८ फागुनबाट सुरु हुदैछ।
परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीकाअनुसार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा पुरुष फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराँते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ खेल आयोजना गर्न लागिएको हो।
खेलाडीको सम्मान, खेलकुदको प्रवर्द्धन र बागमती प्रदेशलाई खेलकुदको हबका रुपमा विकास गर्नका लागि प्रतियोगिता गर्न लागिएको भण्डारीले बताए। प्रदेशभरका खेलाडीलाई पहिलो पटक प्रोत्साहनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए।
भोलि २८ फागुनमा हेटौंडाको क्याम्पा चौरमा प्रतियोगिताको उद्घाटन गरिने छ भने १२ चैतमा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा खेल समापन गरिने कार्यक्रम रहेको छ। प्रतियोगिता बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा उद्घाटन गर्नेछन् भने प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालबाट खेलको समापन गरिनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र दिइने र खेलको दौरान खेलाडी घाइते भएमा प्रत्येकको लागि बीमाको व्यवस्था गरिएको छ। प्रतियोगितामा स्थानीय तहबाट खेलाडीहरूको छनोट गर्दै जिल्ला तह हुँदै प्रदेश स्तरको प्रतियोगितामा खेलाडी सहभागी भण्डारीले बताए।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया