सिस्नेमा ड्रमभित्र बमैबम

बुटवल- रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ मा दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने गाउँपालिकाको वडा नम्बर २ प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो ।
वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए । ‘जंगलमा लुकाएर राखेको अवस्थामा ड्रमभित्र शंकास्पद बस्तु देखेको वडा कार्यालयमा जानकारी आयो’ वडा अध्यक्ष केसीले भने, ‘हामीले इलाका प्रहरी कार्यालय प्वाङको प्रहरीलाई साथमै लिएर जाँदा सकेट बम नै रहेको पत्ता लाग्यो ।’
जंगलमा रहेको ओढारमा ड्रमभित्र लुकाइ राखेका शंकास्पद वस्तुहरु सकेट बम नै रहेको प्रहरीले जनाएको छ । बम कति संख्यामा छ भन्ने एकिन नभए पनि कालो रंगको ड्रमभित्र दर्जनभन्दा बढी नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।
सकेट बम रहेको स्थानलाई प्रहरीले निगरानी गरिरहेको र जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्फोज गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया