वीरगञ्जमा इँटाभट्टाको आगोले पोलेर दुई जना घाइते

वीरगञ्ज : वीरगञ्जमा इँटाभट्टाको आगोले पोलेर दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–३१ बेल्वाको कबी इँटा उद्योगको भट्टामा मंगलबार साँझ खसेर उद्योगका सञ्चालक ५० वर्षका कलाम मियाँ र भारतीय कामदार कमलेश कुमार घाइते भएका हुन् ।
सञ्चालक मियाँको अवस्था गम्भीर रहेको र उनको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनकाअनुसार घाइते कमलेशले आफू भट्टीमा खस्न लागेको देखेपछि उद्योग सञ्चालक मियाँ जोगाउन गएका बेला चिप्लेर भट्टीमा खसेका थिए । कमलेशको भने वीरगञ्जको बयोधा अस्पतालमै उपचारर भइरहेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया