आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

खाना, पानी र औषधि पुर्‍याउनेलाई पनि रुसले निशाना बनायो : जेलेन्स्की

युक्रेनी सरकारले रुसी सेनाले पुनः अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ । बिहीबार रुसी फौजले मानवीय सहायताकर्मीहरूको टोलीलाई पनि निशानामा गरेपछि मारिओपोलबाट एक जना पनि नागरिक बाहिर निस्कन नसकेको बताएको छ।

सहरमा खाना, पानी र औषधि पुर्‍याउने प्रयास असफल भएको राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताए । सहायता निकायहरूले उक्त सहरका बासिन्दाले गम्भीर सङ्कटको सामना गरिरहेको उनले बताए ।

मारिओपोलको अवस्थाबारे एकजना युक्रेनी सांसदले भने- 'मैले हाल मारिओपोलमा रहेकी मेरी बहिनीसँग मैले एक मिनट जति कुराकानी गरेको थिएँ। त्यहाँ मोबाइल सम्पर्कमा समस्या छ। खानेपानीको र खानेकुराको अभाव छ।'