भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंँको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९ औं शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ । देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखा रहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरू सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखा रहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया