वैशाख ९ मा दलबलसहित एमाले प्रवेश गर्दै करिष्मा मानन्धर

काठमाडौँ - नयाँशक्ति पार्टी छाडेर अध्ययनमा लागेकी करिष्मा मानन्धरले फेरि एक पटक पार्टी राजनीति सुरु गर्ने मनस्थिति बनाएकी छिन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले अन्ततः एमाले प्रवेश गर्ने तयारीलाई अन्तिम रुप दिएकी छिन् ।
बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गर्दै पार्टी प्रवेश गर्ने मितिसमेत टुंग्याएकी छिन् । बालकोट स्रोतले इकागजलाई दिएको जानकारीअनुसार करिष्मा आफ्नो टिमसहित वैशाख ९ गते एमाले प्रवेश गर्नेछिन् । उनले आफू एक्लै टीका लगाएर प्रवेश नगर्ने बरु साथीहरूसहित प्रवेश गर्ने बताएपछि वैशाख ९ का लागि औपचारिक कार्यक्रम तय भएको हो ।
करिष्माले अभिनय करिअरको उत्तरार्धमा राजनीति गर्ने भन्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको सदस्यता लिएकी थिइन् । तर पछि उनी सो पार्टीबाट अलग भएकी थिइन् । बीचमा सामाजिक सञ्जालमा राजनीतिप्रति वितृष्णा पोख्ने गरेकी करिष्मा एमाले अध्यक्षसँगको भेटपछि पुनः राजनीतिमा फर्कन राजी भएकी हुन् । बालकोट स्रोत भन्छ, ‘उहाँले अध्यक्षज्यूसँग अरु पार्टी पार्टी जस्तै लागेनन् भन्ने गर्नुहुन्थ्यो । लामो समयको छलफलपछि उहाँ एमाले प्रवेश गर्न लाग्नुभएको हो ।’ करिष्मासँग यही विषयमा बुझ्न लाग्दा उनीसँग भने सम्पर्क हुन सकेन ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया