नयनराज पाण्डेको ‘लू’माथि सिनेमा बन्ने

काठमाडौँ - लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि सिनेमा बन्ने भएको छ । बुधबार कारो फिल्मस्ले उपन्यासको अधिकार खरिद गरेको जनाएको छ । बुधबार नै कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयनराज पाण्डेबीच सम्झौता सम्पन्न भएको छ ।
क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयन राज पाण्डेले नै लेख्ने छन् । ‘लू’सँगै सँगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं बिग बजेट चलचित्र निर्माण गर्ने जनाएको छ ।
कम्पनीले अत्याधुनिक प्रविधिका निर्माण सामाग्री पनि भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । आगामी दिनमा कारो फिल्म्सले वेब सिरिज तथा रियालिटी सोहरु निर्माण गर्ने बताएको छ । ‘आउने दिनमा नेपालको फिल्म क्षेत्रमा उत्कृष्ट प्रविधि भित्र्याउने र ठूला बजेटका चलचित्र बनाएर नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा लाने कारो फिल्मस्को उद्देश्य छ । ‘लू’सँगै हामीले यसको सुरुवात गर्न लागेका हौँ,’ निशाको भनाइ छ ।
नयनराज पाण्डे लिखित अघिल्ला दुई उपन्यासमा पनि फिल्म बन्ने चर्चा थियो । उनी लिखित ‘उलार’ र ‘सल्लिपिर’मा पनि फिल्म बनाउने भन्दै निर्माताले अधिकार खरिद गरेका थिए । तर अहिलेसम्म दुवै फिल्मको काम अगाडि बढ्न सकेको छैन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया