आँचलले पाइन् वर, ‘वरवधु’मा विवेकसँग आँचलको जोडी

काठमाडौँ - ‘झिँगेदाउ’ रिलिजको पर्खाइमा रहेकी आँचल शर्माले मिलन चाम्सको निर्देशन रहने ‘वरवधु’ साइन गरेकी थिइन् । वधुको रुपमा आँचल फाइनल भए पनि निर्माण टिमले वरको खोजी गरिरहेको थियो । अन्ततः विवेक कर्माचार्यको रुपमा आँचलले वर भेटेकी छिन् ।
निर्माण टिमले बुधबार विवेक कर्माचार्यलाई आँचलको जोडीको रुपमा फाइनल गरेको खबर सार्वजनिक गरेको हो । विवेकले माला आर्ट एकेडेमीमा अभिनयको कोर्स सकाएको बताइएको छ ।
फिल्मको सुटिङ भने अनिश्चित छ । फिल्मको देशबाहिर पनि तीन ठाउँ सुटिङ हुने भएकाले सबै मिलाएर गर्दा समय लाग्ने अभिनेत्री आँचलले इकागजलाई बताइन् ।
‘हामी प्रिप्रडक्सनमा छौँ । विदेशमा पनि सुटिङ गर्नुछ । कोभिडका कारणले सबै ठाउँमा सुटिङ अनुमति पाउने सम्भावना छैन,’ उनले भनिन्, ‘सबै तयारी गरेर ठिक्क पारेपछि बल्ल सुटिङ गर्छौँ । केही समय लाग्छ ।’

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया