आजदेखि खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौँ : नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बुधबार र बिहीबार चल्ने भेलामा देशभरबाट उक्त समूहका नेता/कार्यकर्ता काठमाडौँ आइसकेका छन् भने कतिपय आउँदैछन् । आज विहान ११ बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला आयोजना गरिएको नेपाल निकट एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समूहले छलफल गरेको थियो । तर छलफल सकरात्मक नभएपछि यो समूहले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको थियो । ओलीसँगको छलफलपछि नेता नेपालले सोमबार आफ्नो समूहका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गरेका थिए ।
अध्यक्ष ओलीले नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेका थिए । पार्टीमा ओलीले एकलौटी गरेपछि नेपाल समूहले भेला आयोजना गरेको हो । आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए । नेता नेपालले सहकार्य सहज नरहेको बैठकमा बिफ्रिङ गरेका थिए ।
मंगलबार ओली समूहका तर्फबाट महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेला आयोजना गरिएको भनी प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अनुशासनहीन गुटगत भेलामा सहभागी भए संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम अगाडि बढ्ने महासचिव पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन, र कसैले बेलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुने नेकपा (एमाले) सबै नेता÷कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’
सर्वोच्च अदालतले एमाले ब्युँताएपछि चर्को विवाद छ । केही दिनअघि मात्रै ओलीले नेपाल समूहका केही नेतालाई हटाएका थिए । नेपाल समूहका केही प्रदेश प्रमुखसमेत ओलीले हटाएपछि नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने बताएका थिए । सात वटै प्रदेशमा नेपाल समूहले आफ्नै समानान्तर कमिटी घोषणा गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया