नागरिक उड्डयन प्राधिकरणले २० ड्रोन लिलामी गर्दै

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न समयमा जफत गरेका ड्रोन लिलामी गर्ने भएको छ। देशका विभिन्न स्थानबाट जफत भएर प्राधिकरणमा आएका २० वटा मानव रहित ड्रोन लिलाम गर्ने भएको हो ।
लिलामका लागि प्राधिकरणले सिलबन्दी बोलपत्र आह्वान गरेको छ । हाल जे जस्तो अवस्थामा छन् सोही अवस्थामा ड्रोनको लिलाम बिक्री गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले २० वटा ड्रोनको न्यूनतम कबोल मूल्य (मूल्य अभिवृद्धि करसहित) ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ तोकिएको छ । बोलकबोल दाताले आफूले कबोल गरेको रकमको १० प्रतिशत रकम बैंकमा जम्मा गर्नुपर्नेछ ।
खरिद गर्न इच्छुकहरूले १५ दिन भित्र सिलबन्दी बोलपत्र दिने सक्ने प्राधिकरणले जनाएको छ । सरकारले सम्पदा, मठमन्दिर, सुरक्षा संवेदनशीलतालगायतका निश्चित क्षेत्रमा ड्रोन उडाउन नपाउने व्यवस्था गरेको छ ।
उक्त क्षेत्रमा ड्रोन उडाउन प्रशासनबाट अनुमति लिनुपर्छ । तर अनुमति बिना ड्रोन उडाएमा त्यस्ता ड्रोन प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

प्रतिक्रिया