मृत्युपश्चात अंगदान गर्न स्वास्थ्यमन्त्री खतिवडाको आग्रह

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मृर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्तरूपमा आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा भाग लिद्रै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।
मृत्युपश्चातको अंग दान गरेमा मृगौला पीडितहरूले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मिर्गौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समुहलाई ठूलो बनाएको बताए । नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने उनले स्पष्ट पारे ।
मन्त्री खतिवडाले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि मृगौला नफेरेका व्यक्तिहरू जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया