अमेरिकाको टेक्ससमा पाचौँ ‘ग्लोबल फिल्म अवार्ड’

काठमाडौं - सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजनामा अवार्ड सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुनेछ ।
यसअघिका चारवटा संस्करणमध्ये तीन कोलोराडोको डेनभर सहरमा र एउटा क्यालिफोर्नियाको सान्सफ्रान्ससिस्को सहरमा आयोजना भएका थिए । विश्वमहामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन ।
अवार्डमा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मान साथै अमेरिकामा रहेका फिल्मकर्मीलाई प्रोत्साहन तथा सम्मान गरिने कार्यक्रममा जानकारी गराइयो ।
यो अवार्डको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्नु भएको आयोजक संस्था ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए । नेपाललाई फिल्म टुरिजमको हब बनाउन यो अवार्डले मुख्य भूमिका खेलेको श्रेष्ठको जिकिर थियो ।
नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ फिल्म छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।
चाँडै अवार्डका लागि छनोट समिति गठन हुने बताइएको छ । ‘ग्लोबल फिल्म अवार्ड’ लाई शुभकामना दिनका लागि नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया