मेयर अतिथि, राउटे मुखिया प्रमुख अतिथि
नेपालगञ्ज : नेपालगञ्जमा बिहीबारदेखि सुरु हुन लागेको वेष्टर्न ट्राभल मार्ट कार्यक्रमको प्रमुख अतिथि राउटे मुखिया सूर्यनारायण शाही रहेका रहने भएका छन् । नेपालगञ्जको सिद्धार्थ होटलमा बिहीबारदेखि सुरु हुन लागेको ट्राभल मार्टको प्रमुख अतिथि राउटे मुखिया शाही रहन लागेका हुन् ।
कार्यक्रम उद्घाटन गर्न राउटे मुखिया शाही सल्यानबाट नेपालगञ्ज आएर होटल स्टारलाइनमा बसेका छन् । उनीसहित अरु पाँच जना राउटे पनि आएका छन् ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र पर्यटन बोर्डका सीइओ विशेष अतिथि छन् । यस्तै आयोजक नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल सभापति र केन्द्रीय अध्यक्ष अच्युत गुरागाईँ अतिथि छन् ।
कार्यक्रममा देशभरका पर्यटन व्यवसायी सहभागी छन् । यस्तै सातै प्रदेश सरकारका प्रतिनिधि पनि मार्टमा आएका छन् । सातै प्रदेश सरकारका स्टल पनि मार्टमा राखिएका छन् । उनीहरूले पश्चिम नेपालको पर्यटन विकासका लागि आयोजना गरिएको मार्टमा आ-आफ्नो क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नेछन् ।
मार्टका लागि भारतबाट झण्डै ६० जना पर्यटन व्यवसायी आएका छन् । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, नाट्टा नेपाल, हान, टिबानलगायतका संस्थाले पनि व्यवस्थापन गरेका छन् । मार्ट तीन दिनसम्म चल्नेछ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया