‘बुलाकी’ मा सुरक्षा अवतार

काठमाडौं - अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर मंगलबार ‘बुलाकी’ फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । दर्शकमाझ कौतुहलता पैदा गर्न सफल पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ ।
कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको बताइने गरिएको फिल्म लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्व. मोति बिष्टको प्रस्तुति रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा खिचिएको हो ।
फिल्ममा सुरक्षाका साथमा नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा,सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन् ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिव ढकालले खिचेका हुन् । केही समयमै फिल्मको टिजरका साथमा प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी निर्माता टोपेन्द्रले दिएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया