संखुवासभा बस दुर्घटना : घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ जाँदै

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका-६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् ।
‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् । घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर पुर्याइँदैछ । चैनपुरबाट हेलिकोप्टरमा धरान पुर्याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए ।
घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । गाडी सड्कबाट तीन सय मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिए । यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजीकार्य जारी रहेको प्रजिअ खतिवडाले बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया