संखुवासभामा बस दुर्घटना : १४ जनाको मृत्यु

काठमाडौँ - संखुवासभामा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको 'रेसम फिरिरी' बस मादी नगरपालिका-६ सातघुम्तीमा बिहान ७ बजे दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले इकागजलाई जानकारी दिए ।
दुर्घटनास्थलबाट १४ जनाको शव निकालिएको उनले बताए । उद्दारको काम जारी रहेको उनको भनाइ छ ।
उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ ।
बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
घाइतेहरूको चैनपुरमाा उपचार हुँदैछ । त्यहाँ उपचार हुन नसकेकाहरूको धरानस्थित वीपी कोइराला अस्पताल लैजाने तयारी रहेको उनले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया