देशभरका पर्यटन व्यवसायी नेपालगञ्जमा
पश्चिम नेपालको पहिलो ट्राभल मार्ट बिहीबारदेखि
नेपालगञ्ज : पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म देशभरका पर्यटन व्यवसायी बाँकेको नेपालगञ्जमा जम्मा भएका छन् । बिहीबारदेखि सुरु हुने ‘वेष्टन ट्राभल मार्ट’को लागि देशभरका पर्यटन व्यवसायी नेपालगञ्जमा जम्मा भएका हुन् ।
बाँकेको नेपालगञ्जमा बिहीबारदेखि सुरु हुने मार्ट तीन दिनसम्म चल्नेछ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी नाट्टा बाँकेको पहलमा आयोजना हुन लागेको टुरिजम मार्ट नेपाल पर्यटन बोर्ड, नाट्टा, नेपालगञ्ज उपमहानगरपालिका, हान, टिबान लगायत संस्थाले आयोजना गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथी राउटे समुदायका मुखिया सुर्यनारायण शाही छन् । बिहीबार ११ बजेदेखि सुरु हुने मार्टको औपचारिक कार्यक्रम राउटे मुखिया सुर्यनारायणले उद्घाटन गर्नेछन् । मार्टका लागि पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मी, नाट्टाका अध्यक्ष अच्युत गुरागाँई, टिबानका अध्यक्ष कृष्ण आचार्य लगायतका डेढ सय व्यक्तित्व नेपालगञ्ज आइपुगेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
उनका अनुसार कार्यक्रमका लागि प्रदेश १, मधेस, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि पनि नेपालगञ्ज पुगेका छन् । सातै प्रदेश सरकारले पर्यटन प्रचार प्रसारका लागि भन्दै मार्टमा स्टल समेत राखेका छन् ।
मार्टमा नेपाल र भारतका गरि ४२ स्टल छन् । मार्टका क्रममा बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज सफारी, कर्णाली नदीमा र्याफ्टिङ लगायतका पर्यटन गतिविधि पनि हुनेछन् । मार्टले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रचारप्रसार र नयाँ नयाँ गन्तव्यबारे जानकारी दिने उद्धेश्य राखेको छ ।
टुरिजम मार्ट पश्चिम नेपालमा पहिलोपटक आयोजना गरिएको हो ।

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण सुरू

निजी क्षेत्रसमेतको सहभागीतामा कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन समिति गठन

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए,सबैभन्दा धेरै भारतीय

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव: नाट्टा

प्रतिक्रिया