लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।
नवनियुक्त भएकालाई आज मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका छन् । उक्त कोषमा नियुक्त भएका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल तथा रामनरेश कोहार रहेका छन्।
यसैगरी परिषद् सदस्यमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव तथा गोपिकृष्ण शर्मा रहेका छन् । नवनियुक्त पदाधिकारीलाई मन्त्री आलेले निर्धक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिए। आउँदै गरेको बुद्धजयन्ती भव्य तथा सभ्यरूपमा सफल पार्नका लागि सबै पदाधिकारी, कर्मचारी एकजुट भएर लाग्नसमेत निर्देशन दिए ।

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण सुरू

निजी क्षेत्रसमेतको सहभागीतामा कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन समिति गठन

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए,सबैभन्दा धेरै भारतीय

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव: नाट्टा

प्रतिक्रिया