नेपाल बारमा अध्यक्षमा आठ जनाको उम्मेदवार

काठमाडाैँ – नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिए ।
यस्तै महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन् । महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिए ।
कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिए । आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५ जनाको उम्मेदवारी परेको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया