ललितपुरमा तीन दिन उद्यमी मेला

ललितपुर– ललितपुर महानगरपालिकाका १६ नम्बर वडाको आयोजनामा उद्यमी महिला मेला हुने भएको छ ।
ललितपुर महानगरपालिका १६ नम्बर वडाको मुख्य भागमा अवस्थित नागबहालमा मेला फागुन २७, २८ र २९ गते सञ्चालन हुने भएको हो । महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिसँगको सहकार्यमा मेला आयोजना हुनेछ ।
स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रवद्र्धन गरी महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको ललितपुर महानगरपालिका १६ नम्बर वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताए । उनले हस्तकला, संस्कृति, कलाकार, फोटोग्राफी, संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने मेलाको अर्को उद्देश्य भएको बताए ।
मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरु, दैनिक प्रयोगका सामग्रीहरु, लत्ता कपडा र सजावटका सामग्रीहरु गरी ५ वटा स्टल रहनेछन् । हस्तकला सामग्रीहरु सहुलियत दरमा बिक्री गर्ने स्टलहरु पनि मेलाा रहने आयोजकले जनाएको छ ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया