‘मैदान फर्कन हतार गर्दिनँ’

काठमाडौँ : नेपाली फुटबललाई पूर्ण व्यवसायिक बन्न योगदान गर्ने भन्दै घोषणा गरिएको नेपाल सुपर लिग (एनएसएल) को मार्की खेलाडीको सूचीमा १२ घरेलु स्टार छन् । ती मध्ये विशाल राई र अन्जन बिष्ट क्रमशः धनगढी फुटबल क्लब र ललितपुर एफसीसँग आवद्व भइसके ।
एनएसएलका सात क्लबका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेणी ए, बी र सी गरी अन्य खेलाडीको सूची पनि उपलब्ध गराउने बताएको छ । मार्कीको वर्गिकरणमा परेका खेलाडी राष्ट्रिय टोलीको पहिलो रोजाइका सदस्यहरू हुन् । त्यस्तै श्रेणी ए मा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका र शहिद स्मारक ए डिभिजन लिग तथा उमेर समूहका अन्तराष्ट्रिय प्रतियोगितामा नाम बनाएकाहरु पर्ने अनुमान गर्न सकिन्छ । मार्की खेलाडीहरूको सूची केलाउँदा र श्रेणी ए मा पर्नसक्ने खेलाडीहरूको अनुमान गरिरहँदा छुट्ने नाम हो, विमल घर्ती मगर ।
एन्टेरियर क्रुसेट लिगामेन्ट (एसीएल) चोट बोकेका विमल हाल उपचारका लागि कतारी राजधानी दोहामा छन् । एन्फा कम्पलेक्सको मैदानमा भएको राष्ट्रिय टोलीको अभ्यास दौरान माघ ३ गते उनले घुँडाको चोट बोके । राष्ट्रिय टिमको क्याम्पमा करिब एक वर्षपछि फर्किएका विमल उत्साहित थिए । तर, उनको उत्साह निराशामा परिणत हुन धेरै समय लागेन । राष्ट्रिय टिमको अभ्यास सुरु भएको केही दिनपछि नै विमल नराम्रोसँग घाइते भए ।
‘बल मैदानमा झरिसकेको थिएन । मैले बायाँ खुट्टाले नियन्त्रणमा लिन खोजे । तर सकिन । ल्यान्ड हुँदा मेरो दायाँ खुट्टा मात्रै मैदानमा थियो । अनि बायाँ चाँहि विशाल दाई (राष्ट्रिय टोलीकै मिडफिल्डर विशाल राई) को काँधमा,’ २३ वर्षिय विमल आफू घाइते हुँदाको क्षण सम्झिन्छन् ।
विमल राष्ट्रिय टिममा पुनरागमन गर्ने धेयमा थिए । काठमाडौँमा आयोजित १० औँ साफ च्याम्पियनसिपबाट नेपालको सिनियर टिमका लागिका डेब्यु गरेका विमल कार्तिकको अन्तिम साता मैत्रीपूर्ण खेल खेल्न बंगलादेश पुगेको नेपाली टिममा थिएनन् । उनले त्यसअघि खेलिएका कुवेतविरुद्वको खेल पनि गुमाएका थिए । नेपाली टिमको भविष्य मानिएका विमल पुनः एकपटक आफ्नो प्रतिभा प्रमाणित गर्ने लक्ष्यमा होमिएका बेला चोट भिलेन बनिदियो । विमलको लक्ष्यमा अवरोध गरिदियो । कमसेकम अहिलेका लागि ।
रिह्याबिलिटेसन
विमलको उपचार विश्वकै प्रख्यात अस्पटार अर्थोपेडिक एण्ड स्पोटर्स हस्पिटलमा भइरहेको छ । जहाँ राष्ट्रिय टिमकै अर्का सदस्य विक्रम लामाको पनि एक महिनाअघि शल्यक्रिया भएको थियो । विक्रम रिह्याबिलिटेसनमा व्यस्त रहँदा विमलको शल्यक्रिया एक साता अघि मात्रै भयो । चोट निको पार्न शल्यक्रियाको मद्दत लिन दोहा पुगेका विमल त्यसअघि ‘प्रि-रिहाब’ मा व्यस्त भए । सर्जरी गर्नु अघि उनलाई शारीरिकरुपमा बलियो बनाउन ‘प्रि-रिहाब’ को आवश्यकता थियो । अनि उनलाई हेरिरहेका सर्जन बिदामा घर गएपछि सर्जरीको मिति केही दिन पर धकेलियो । जे होस उनको मैदान फर्कने यात्राको पहिलो खुड्किलो पार भएको छ । उनी शल्यक्रियापछि ‘बेड रेस्ट’ मा छन् ।
पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग खेल्ने मौका नजुर्दा स्वभाविक रुपमा निराशा छ । यद्यपि मेरो निराशा खुसी भन्दा ठूलो छैन । म अर्को सिजन खेल्न पाउँछु होला । मुख्य कुरा नयाँ लिग सुरु हुने भयो, यो महत्वपूर्ण हो ।’
अब विमलले दोस्रो खुड्किलो पार गर्नुछ । त्यो भनेको सर्जरी पछिको रिह्याबिलिटेसन । जुन बुधबार देखि सुरु हुने तालिका छ । ‘सर्जरी पछिको एक साता म पूर्णरुपमा बेड रेस्टमा रहे । मलाई दाँया खुट्टा नटेक्नु भनिएकाले हिडँडुल खासै भएन । बेडमै बसेर सामान्य अभ्यास गरे । अब बुधबार देखि रिह्याबिलिटेसन सुरु हुन्छ । जुन मेरा लागि महत्वपूर्ण छ । रिह्याबिलिटेसनमा जति राम्रो गर्यो, मैदान फर्कने मिति त्यति नै नजिकिन्छ,’ दोहाबाट विमलले भने ।
त्यसो त विमल मैदान फर्कन हतारिएका छैनन् । एसीएलबाट पूर्ण रुपमा ‘रिकोभर’ हुन थोरै समयले पुग्दैन । विमल यसबारे जानकार छन् । उनलाई चिकित्सक र फिजियोले रिकभरीमा पर्याप्त समय दिन र मैदान फर्कन हतार नर्गन सुझाव दिएका छन् । ‘म त केही दिनपछि नै खेल्नसक्छु जस्तो लाग्छ,’ विमलले हाँस्दै भने, ‘तर आफूले चाहेर मात्रै हुँदैन । म चिकित्सक र फिजियोको सुझाव अनुसार चल्नुपर्छ । बनाइएको तालिका अनुसार अगाडि बढ्नु पर्छ । ता की भविष्यमा फेरि समस्या नआओस ।’
नेपाली फुटबलमा एसीएलबाट पीडित भएका खेलाडी विमल पहिलो होइनन् । यसअघि रोहित चन्द पनि लामो समय एसीएलका कारण मैदान बाहिर रहे । विमल उनै रोहितबाट प्रेरणा लिँदै एसीएलबाट मुक्ति पाउने धेयमा छन् । ‘रोहित दाई एसीएल पछि पनि उक्तिकै बलियो हुनुहन्छ । उहाँको रिह्याबिलिटेसन राम्रो भयो । म पनि उहाँले जसरी नै रिह्याबिलिटेसनमा ध्यान दिएर मैदान फर्कन चाहन्छु । म दोहामै रिह्याबिलिटेसन सकेर नेपाल जाने सोचमा छु । त्यसका लागि मैले एन्फासँग पनि कुरा गरेको छु । सायद यही पूर्णरुपमा फिट भएपछि मात्रै घर फर्कन्छु,’ विमलले भने ।
एनएसएल र भविष्यको योजना
विमल अर्को महिनाबाट हुन लागेको एनएसएल खेलाडीका लागि ठूलो मौका भएको मान्छन् । छोटो लिग हुने नेपालमा एनएसएलले खेलाडीलाई खेल्ने बाहेक कमाइ गर्ने मौका पनि दिने उनको भनाइ थियो । उनी आफैँ चाहिँ एनएसएलले प्रदान गरेको मौका गुमाउँदा कत्तिको निराश छन् ? ‘म खुसी पनि छु । अनि थोरै निराश पनि । एनएसएल नेपाली फुटबल विकासका लागि महत्वपूर्ण सावित हुनसक्छ । त्यसकारण म खुशी छु,’ विमल भन्छन्, ‘पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग खेल्ने मौका नर्जुदा स्वभाविक रुपमा निराशा छ । यद्यपि मेरो निराशा खुसी भन्दा ठूलो छैन । म अर्को सिजन खेल्न पाउँछु होला । मुख्य कुरा नयाँ लिग सुरु हुने भयो, यो महत्वपूर्ण हो ।’
विदेशी लिगको सपना देखे पनि चोटमुक्त विमलको माग नेपाली फुटबलमा पनि हुने नै छ । ए डिभिजन लिग र एनएसएलको दोस्रो संस्करण दुवैमा । जता खेले पनि उनको अगाडि एउटा बलियो चुनौति उभिएको हुनेछ । सानै उमेरमा नेपाली फुटबललाई देखाएको प्रतिभालाई निरन्तरता दिने । आफूसँग भएको कौशललाई निखार्दै राष्ट्रिय टोलीका लागि योगदान गर्ने र जुनसुकै क्लबको जर्सीमा खेले पनि उपाधि जित्ने ।
नेपाली फुटबलको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान राखेका विमलले भारतदेखि माल्दिभ्ससम्मको लिग खेलेका छन् । युरोप पुगी ट्रायल दिएका छन् । सानै उमेरमा पाएको ठूलो उचाइको महत्व विमललाई थाहा नभएको होइन । अनि करियरमा आइपरेका उतारचढाब आफ्ना लागि सिकाई भएको पनि उनले बुझेका छन् । विमलको जीवनमा एसीएल नआएको भए उनी सायद हाल माल्दिभ्समा हुन्थे । घाइते हुनुअघि उनी माल्दिभ्सको पहिलो श्रेणीमा खेल्ने क्लब इगल्ससँग कुराकानीमा थिए । विमलसँग यसअघि पनि माल्दिभ्समा खेलेको अनुभव छ । गोलरक्षक किरण चेम्जोङले खेलेकै टिसी स्पोटर्समा विमलले केही महिना बिताएका थिए ।
एसीएलबाट मुक्त भएपछि विमलको योजना के हो ? उनी भन्छन्, विदेशी लिग नै । ‘प्रयास त विदेशी लिग खेल्ने नै हुनेछ । कता भन्ने चाँहि थाहा छैन । पहिले त चोटमुक्त हुनुपर्यो । अनि सबैतिरका लागि प्रयास गर्छु । युरोपका क्लबका लागि ट्रायल दिने सोच पनि छ । अनि दक्षिण एसियाका लिग त छदैँछन् ।’
विदेशी लिगको सपना देखे पनि चोटमुक्त विमलको माग नेपाली फुटबलमा पनि हुने नै छ । ए डिभिजन लिग र एनएसएलको दोस्रो संस्करण दुवैमा । जता खेले पनि उनको अगाडि एउटा बलियो चुनौती उभिएको हुनेछ । सानै उमेरमा नेपाली फुटबललाई देखाएको प्रतिभालाई निरन्तरता दिने । आफूसँग भएको कौशललाई निर्खादै राष्ट्रिय टोलीका लागि योगदान गर्ने र जुनसुकै क्लबको जर्सीमा खेले पनि उपाधि जित्ने ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया