हुन्डाईको नयाँ शोरुम भक्तपुरको ‘राधे राधेमा’

काठमाडौँ - नेपालका लागि हुण्डाई मोर्टसको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरमा खुलेको नयाँ शोरुम सहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ ।
कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपे्रेसका गर्न सक्नेछन् । भक्तपुरको राधे राधेमा सञ्चालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु प्रदर्शन गरिएको छ।
‘भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षितगरी सञ्चालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ । अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडि खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिने कम्पनीले जनाएको छ । यसबाट ग्राहकले सबै किसिमका आवश्यक सेवा छरितो र सहज तरिकाले लिन सक्नु हुनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ । हुण्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो । हुण्डाईले उत्कृष्ट क्वालिटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया