शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

फाइल तस्‍बिर

काठमाडौँ- भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । 

‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने छन्,’ उनले भने । 

भारतीय विदेश सचिव श्रृङ्लाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको जनाए । यसैकारण नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकालाई उच्च प्राथमिकतामा राखिएको उनले बताए । पाकिस्तान बाहेकका छिमेकी राष्ट्रसँग निकट रहेर भारतले काम गरिरहेको उनको भनाइ थियो । 

नेपाल लगायतका छिमेकी राष्ट्रसँग असाध्यै राम्रो राजनीतिक सम्बन्ध कायम राखेको दाबी उनले गरे । सन् २०१४ मा पहिलो पटक नरेन्द्र मोदीले प्रधानमन्त्रीको सपथ लिँदा सार्क राष्ट्रका सरकार प्रमुखको उपस्थिती र सन् २०१९ मा दोस्रो पटक मोदीले प्रधानमन्त्रीको सपथ लिँदा बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको उपस्थितिलाई यसको उदाहरणको रुपमा उनले प्रस्तुत गरेका थिए । 

राजनीतिक सम्बन्ध राम्रो भएकै कारण सन् २०१४ पछि भारतका राष्ट्र तथा सरकार प्रमुखले नेपाल, भुटान र श्रीलंकामा एक दर्जनभन्दा बढी पटक भ्रमण गरेको उनले जनाए । 

छिमेकी राष्ट्रसँग कनेक्टीभिटी र उर्जाका क्षेत्रमा भारतले ठूलो सहकार्य गरिरहेको विदेश सचिव श्रृङ्लाले बताए । उनका अनुसार भारतले अहिले नेपालमा ७ सय मेगावाट र बंगलादेशमा १ हजार १६० मेगावाट विद्युत निर्यात गरिरहेको जनाए । भुटानबाट भने भारतले १.८ गिगावाट विद्युत आयात गरिरहेको छ । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता