राजकुमार फिलिप २८ दिनपछि अस्पतालबाट घर फिर्ता

बेलायतका राजकुमार फिलिप २८ रातको लामो अस्पताल बसाईपछि मङ्गलबार आफ्नो आवासमा फर्किएको राजदरबार स्रोतले बताएको छ ।
करिब एक महिना पहिले विरामी भएपछि बेलायतकी महारानी एलिजावेथ द्वितीयका ९९ वर्षीय पति राजकुमार फिलिप राजधानी लण्डनस्थित किङ एडवर्ड अस्पतालमा गत फेब्रुअरी १६ मा भर्ना भएका थिए ।
उपचारकै क्रममा उनलाई मुटुसम्बन्धी समस्या पनि देखिएको भन्दै अर्को एक अस्पतालमा सारी उपचार भइरहेको थियो । आफ्नो जीवनकै सम्भवतः लामो अस्पताल बसाईपछि उनलाई घर फर्काइएको हो ।
राजकुमार फिलिपको स्वास्थ्य समस्याबारे बिस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन । राजदरबार स्रोतले फिलिपलाई कोरोनाभाइरससँग सम्बन्धित कुनै समस्या नरहेको बताएको छ । (एएफपी)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया