दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिए : गोविन्द केसी

काठमाडौँ : चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका डा.गोविन्द केसीले बिएमसी अस्पतालका संचालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । केसीले मंगलबार काठमाडौँमा पत्रकारसम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ज्यान मार्ने धम्की दिने मतियार बनेको आरोप लगाएका हुन् ।
झापाको बिएमसी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उलंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको उनको भनाइ छ । चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अपराध गरेको केसीको आरोप छ । उनले विश्वविद्यालयका पदाधिकारी सबैले राजनीनामा दिनुपर्ने माग पनि गरे । केसीले आफ्ना माग सम्बोधन नभए फेरी अनसन बस्ने चेतावनी दिए ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया