नौ दिनपछि रजनीको शव भेटियो

सुर्खेत : आमासहित कर्णाली नदीमा हामफालेकी पाँच वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । नौ दिनपछि मंगलबार दिउँसो दैलेख प्रहरीले उनको शव भेटाएको हो । सुकीको कान्छी छोरी रजनीको शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपि अनुपम श्रेष्ठले जानकारी दिए ।
उक्त शव रजनीको आमा, दिदीहरू र दाईको शव भेटिएको स्थानभन्दा करिब ८ किलोमिटर पर भेटिएको छ । रजनिको शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठासकिएको प्रहरीले जनाएको छ । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
फागुन २३ गते आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । भोलीपल्ट अर्थात फागुन २४ गते (सोमबार) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो ।
त्यसको भोलिपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । उनीहरुको सामुहिक दाहसंस्कार गरिएको थियो । घरेलु हिसांका कारण सुकीले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया