लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको टुरिजम मार्ट
लुम्बिनी-कर्णाली-र-सुदूर

काठमाडौँ : पश्चिम नेपालको पर्यटन विकासका लागि बाँकेको नेपालगञ्जमा ‘वेष्टर्न टुरिजम मार्ट’ हुँदैछ । बिहीबारदेखि नेपालगञ्जमा सुरु हुने मार्टमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रचारप्रचार, नयाँ गन्तव्यको खोजी र सरोकारवालाबीच अन्तरक्रिया हुनेछ ।
नेपालगञ्जमा हुने टुरिजम मार्टलाई नेपाल पर्यटन बोर्ड, नाट्टा, हान लगायत संघ संस्थाले आयोजना गरेका हुन् । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपाल, भारतसँगै दक्षिण एसियाका विभिन्न देशबाट व्यवसायी टुरिजर्म मार्टमा सहभागी हुनेछन् ।
खासगरी भारतीय पर्यटन व्यवसायी मार्टमा सहभागि हुने सुनिश्चित भएको उनले बताए । सातै प्रदेशका पर्यटन व्यवसायी, पर्यटन सम्बन्धित सरोकारवालादेखि सरकारी तथा गैरसरकारी संघ संस्थाका पर्यटन क्षेत्रको व्यक्तित्वको भेटघाट, छलफल र अन्तरक्रिया हुने पनि अध्यक्ष सिग्देलले बताए ।
‘पश्चिम नेपाल पर्यटनको हब हो । तर यसको गहन छलफल, अध्ययन र बहस भएको छैन,’ उनले इकागजसँग भने, ‘पश्चिम नेपालको पर्यटन चिनाउने र सरोकारवालालाई पर्यटन क्षेत्रबारे बुझाउने उद्धेश्यले मार्टको आयोजना गरिएको हो ।’

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया