नारी सशक्तिकरणका लागि महिला बक्सिङ [फाेटाे फिचर]
नारी-सशक्तिकरणका-लागि-ठम

काठमाडौँ – अन्तर्राष्ट्रिय ‘११२ औँ नारी दिवस’को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ खेल भएको छ। एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनमा संयुक्त आयोजनामा बक्सिङ खेल भएको हो ।
प्रतियोगितामा विभिन्न तौल समूह गरी कुल १४ जना खेलाडी सहभागी भए । ४९ केजी देखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी भएका हुन् ।
खेलाडीहरू प्रतिष्ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी भएका थिए।
नारी सशक्तिकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक भुपेन शमशेर कुँवरले बताए । महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन यस्ता कार्यक्रमले थप बल पुग्ने उनले विश्वास व्यक्त गरे।
महिला सशक्तीकरण, सहभागिता र समानताको विषयमा महिलाको मात्र नभएर समाजकै मुद्दा भएको कुँवरको भनाइ छ । 'महिला सशक्तीकरणका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भुमिका आवश्यक रहेको छ,' उनले भने ।
बक्सिङमा प्रथम हुनेले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । दोस्रो हुनेले २० हजार र प्रमाणपत्र प्राप्त गरे । बक्सिङमा नेपाली सेनाका खेलाडीले तीन स्वर्ण र एक रजत प्राप्त गरे ।
बक्सिङ खेलमा नेपाली सेनाका सबैभन्दा धेरै खेलाडी सहभागी भएका थिए । सेनाले महिला प्रशिक्षकबाट खेलाडीलाई तालिम प्रदान गरिएको थियो । नेपाली सेनाको त्रिभुवन अफिसर्स क्लबले महिलालाई प्राथमिकता दिएर विभिन्न खेलमा सहभागी गराउने गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया