वामपन्थी सरकार निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई वामदेवको आग्रह

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गगरेका छन् । मंगलबार नेकपा एमाले एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको बताए ।
प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तरविरोध समाधान गराउन भुमिका खेल्नुपर्ने पनि उनको भनाइ छ । उनले भने, ‘अब तपाइको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरू नआउने सरकार, त्यसरी नचलाउनुस् । तपाईले आव्हान गर्नुस् कि हामी फेरि पनि वामपन्थी सरकार दिन चाहान्छौँ । त्यसो भएर नेपालका कम्युनिष्ट पार्टीहरू सबैसित म आव्हान गर्छु । हामीसित वार्तामा आउनुस्, सँगै बसौँ र देशलाई अगाडि बढाउनको निम्ति हातेमालो गरौँ भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरि पनि मुख्यशक्ति नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) हुनेछन् र तपाइले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस् । हामी नयाँ शिराबाट अगाडी बढौँ । मुख्य व्यक्तिहरूलाई बोलाएर तपाइले अनुरोध गर्नुस् । अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस् । र हामी फेरि एकताबद्ध भएर जान्छौँ ।’
संयोजक गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधिहरू सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधानविपरीत निर्णय फिर्ता गर्नुपर्ने बताए । नेपालका सबै कम्युनिष्ट पार्टीहरूलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाइ छ ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया