सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता 

एनआरएनए-अध्यक्षमा-रविना

काठमाडाै‌ँ-गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा एक  लाख पाँच हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पुर्याउने लक्ष्य रहेको बताएकी थिइन् । उनले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउनेसमेत बताइन्।

विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने योजनासमेत आफूसँग रहेको उनले सुनाइन्। विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरैजनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ।