सुरु भयो राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक, यी नेता गएनन्

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको आब्हानमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरू सहभागी छन् ।
सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने बैठकमा सहभागी भएका छैनन् । उनीहरूलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति कार्यालयले बोलाएको थियो । बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गएनन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, जनता समाजवादी पार्टी, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन् ।
राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएकी हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा सर्वदलीय बैठकको आवश्यकता नदेख्ने अहिले प्रधानमन्त्रीलाई अफ्टेरो पर्दा बोलाउने भनेर राष्ट्रपतिको आलोचना भइरहेको छ ।
त्यस्तै कांग्रेसबाट देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला सहभागी छन् । जसपाबाट उपेन्द्र यादव र महन्थ ठाकुर बैठकमा सहभागी छन् । माओवादीबाट दाहालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया