म्यानचेस्टर सिटीको नयाँ यात्रा र कप्तान टेभेज

सर एलेक्स फर्गुसनले धेरै वर्षसम्म म्यानचेस्टर सहर कै अर्को क्लब म्यानचेस्टर सिटीका बारेमा टाउको दुखाउनु परेन । म्यानचेस्टर युनाइटेडले सन् १९९० र २००० को दशकमा इग्ंल्यान्ड र युरोपियन क्लब फुटबलका उपाधीमाथि दाबेदारी प्रस्तुत गर्दैगर्दा सिटीको ध्यान भने पहिलो श्रेणीमा आफुलाई कसरी टिकाउने भन्ने मै थियो ।
शेख मन्सुरको लगानीसँगै, सिटीले आफुलाई परिवर्तन गर्यो । पूर्वी म्यानचेस्टरमा उसले ठूला स्टार भित्र्याउनेदेखि क्लबको पूर्वाधार स्तरउन्नती सम्मका काम गर्यो । अर्को शब्दमा, सिटी युरोपियन क्लब फुटबलको उपल्लो श्रेणीको राडरमा देखा पर्ने अवस्था बन्यो ।
सिटीको स्वामित्व संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री मन्सुरको हातमा पुगेपछि विश्व फुटबलमा स्थापित नामलाई भित्र्याउने कार्यको थालनी भयो । क्लबको स्वामित्व युएई पुगेकै दिन, ब्राजिलियन स्टार रोबिन्हो पूर्वी म्यानचेस्टर आइपुगे । उनलाई नयाँ स्वरूर्पको सिटीले रियल म्याड्रिडबाट ३२ दशमलव ५ मिलियन पाउन्डमा खरिद गर्यो । रोबिन्होले सिटीमा नयाँ युगको थालनीमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरियो । उनको सिटी आगमनले सर्मथकहरूमा उत्साह ल्यायो । तर रोबिन्होले क्लबका लागि अपेक्षा गरे अनुसारको सफलता दिलाउन सकेनन् ।
अन्ततः रोबिन्हो सिटीमा टिकेनन् । २००८-०९ सिजनका केही खेलमा राम्रो खेल्ने बाहेक उनले सिटीमा उल्लेख्य केही गर्न पनि सकेनन् । सिटीको लागि रोबिन्हो पहिलो गासमै ढुङगा साबित भए । तर, सिटीका नयाँ मालिकहरूले स्टार खेलाडी किन्ने आफ्नो चाहानालाई तिलाञ्जली दिएनन् । फलतः अर्को वर्ष कार्लोस टेभेज सिटी आइपुगे । जो वास्तबमै सिटीको परिवर्तनको यात्राको कप्तानका रूपमा देखा परे ।
टेभेज सिटी आइपुग्नु अघि वेस्टह्यामबाट युनाइटेडमा दुई वर्षका लागि ऋणमा थिए । युनाईटेडले टेभेजलाई स्थायीरूपमा क्लबमा राख्न नखोजेको होईन । तर युनाइटेड र टेभेजका प्रतिनिधिहरूबीचको कुराकानीले मुर्तरूप लिएन । टेभेजको सिटी तर्फको स्थान्तरणलाई युनाइटेडका सर्मथकहरूले बलियो खेलाडी गुमाएको रूर्पमा हेर्न चाहेनन् । तर तीनै सर्मथकहरूले महिनौ सम्म ओल्ड ट्रार्फोडमा 'टेभेजलाई अनुबन्धन गर' भन्दै नारा लगाउदै थिए ।
'सिटी सानो क्लब हो । उसको मानसिकता पनि सानै छ । उसले युनाइटेडमा खेलिरहेका टेभेजलाई अनुबन्धन गरेर ठुलो सफलता हासिल गरे भन्ठानेको छ । तर टेभेजले युनाइटेड छाड्नाले हाम्रो टीमलाई केही असर गर्दैन,' फर्गुसनले त्यतिबेला प्रतिक्रिया दिएका थिए ।
सिटीले टेभेज जत्तिको स्तरिय खेलाडीलाई खरिद गरिसकेपछि उत्साहित बन्यो । त्यसैले होला उसले टेभेजलाई म्यानचेस्टरमा स्वागत छ भनेर लेखेको बोर्ड सहरमा राखन भ्यायो । तर सिटीको यस्तो बिज्ञापनलाई त्यती रुचाइएन नै । युनाइटेडका प्रशिक्ष फर्गुसनलाई पनि हैरान बनायो ।
'सिटी सानो क्लब हो । उसको मानसिकता पनि सानै छ । उसले युनाइटेडमा खेलिरहेका टेभेजलाई अनुबन्धन गरेर ठुलो सफलता हासिल गरे भन्ठानेको छ । तर टेभेजले युनाइटेड छाड्नाले हाम्रो टीमलाई केही असर गर्दैन,' फर्गुसनले त्यतिबेला प्रतिक्रिया दिएका थिए । तर टेभेज खरिद सिटीका लागि ठुलो सफलता थियो । फर्गुसनले जति सुकै इन्कार गरेको भए पनि । टेभेजको आगमनले सिटीमा बास्तबिक परिवर्तनको महसुस गरिन थाल्यो । टेभेजले सिटीलाई मिडटेबल क्लबबाट च्याम्पियन्स लिग छनौटका लागि प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्याए । भलै टेभेजको पहिलो सिजन २००९-१० मा सिटी लिगमा चौथो स्थानको प्रतिस्पर्धामा टोटनहमसँग पछि पर्दै च्याम्पियन्स लिगका लागि छनौट हुन सकेन, पूर्वी म्यानचेस्टर क्लबका लागि पाचौ स्थान सानो सफलता थिएन ।
सिटीको भाग्यउदयमा टेभेजको भुमिका बलियो रह्यो । सिटीमा अनुबन्धित हुदै गर्दा उनले क्लबको प्रिसिजन तयारीमा भाग लिन पाएनन् । उनलाई अनुबन्धन गर्ने मार्क ह्युजलाई इटालियन प्रशिक्षक रोर्बटो मान्सिनीले प्रतिस्थापन गरे । गोलमा लागि टेभेजमाथि बढी नै भर परे पनि सिटीले मान्सिनीको नेतृत्वमा सुन्दर फुटबल खेल्यो ।
अर्जेन्टिनियन स्ट्राइकरको सिटी बसाइ ढुक्कको भने रहन सकेन । उनले बेलाबेलामा सिटी छाड्ने मनसाय ब्यत्त गरिरहे । तर टीममा उनको महत्व ठूलो थियो । अनि भुमिका पनि । त्यसकारण सिटी प्रशासन र प्रशिक्षक मान्सिनी टेभेजलाई गुमाउन चाहादैन थिए । भिन्सेन्ट कम्पनी जस्ता खेलाडी टीममा हुदाँहुदै टेभेजलाई नै कप्तान बनाइएको थियो । त्यसो त टेभेजले मैदानमा सधै नेतृत्वदायी प्रर्दशन गरिनैरहे । टेभेज सिटीमा मेहेनेती खेलाडीका रूपमा परिचित थिए । उनी खेलमा पहिलो मिनेटदेखि अन्त्य सम्म नै उत्तिकै साहास र उर्जावान देखिन्थे । प्रिमियर लिगमा त्यो बेला टेभेज जस्तो बल चेजिङ स्ट्राइकर अर्को कोही थिएन । आवश्यकता पर्दा उनी रक्षापंतीलाई होस या मिडफिल्डलाई, सहयोग गरिहेकै हुन्थे । टीमले बल गुमाएको खण्डमा, उनी मैदानमा झन नै मेहेनती खेलाडीका रूपमा प्रस्तुत हुन्थे ।
गोल गर्ने क्षमताका हिसाबमा उनलाई अर्का अर्जेन्टिनियन स्ट्राइकर सर्जियो अग्वेरोसँग तुलना गर्ने गरिन्थ्यो । तर उनी अग्वेरो भन्दा बढी मेहेनती थिए । उनी जस्तो मेहेनती स्ट्राइकर सिटी सर्मथकहरूले आफ्नो क्लबमा देखेकै थिएनन् । शायद भविष्यमा पनि देख्ने छैनन् ।
२०१०-११ सिजन सिटीमा डेभिड सिल्भा र याया टुरे जस्ता मिडफिल्डर टेभेजसँग जोडिन आइपुगे । यी दुई मिडफिल्डरको साथ र सहयोगमा टेभेज झन खतरनाक स्ट्राइकरका रूपमा देखिन थाले । उनको गोल संख्यामा बढोत्तरी भयो । साथै सिटी, प्रिमियर लिगमा शत्तिशाली टीमका रूपमा स्थापित भयो । हरेक हप्ता फेन्टासी फुटबल खेल्ने प्रिमियर लिग सर्मथकहरूका लागि टेभेज प्रिय नाम बन्यो । यस्तो सम्म अवस्था आयो की, टेभेजले सिटीका लागि गोल या एसिस्टको योगदान नगरेको खेल नै हुदैन थियो ।
टेभेजको सिटीका लागि प्रत्येक हप्ताको प्रर्दशनले युनाइटेडका सर्मथकहरूलाई गिज्याइरहेको जस्तो देखिन्थ्यो । जसले टेभेजको युनाइटेड बर्हिगमनलाई सहज रूपमा लिएका थिए । त्यसो त २०१०-११ को प्रिमियर लिग युनाइटेडले जित्यो । तर टेभेज र सिटीका लागि पनि त्यो सजिन सम्झन लायकको रह्यो । सिटीले लिगमा तेस्रो स्थान हात पार्यो भने साथमा एफए कपको उपाधी माथि कब्जा जमायो । एफए कप सिटीका लागि ३५ वर्षमा पहिलो उपाधी थियो । टेभेजका लागि ब्यक्तिगत रूपमा त्यो सिजन सफल रह्यो । उनले लङ रेन्जदेखि हेडर गोलसम्म गर्न भ्याए । उनी युनाइटेडका डिमिएटर बर्बाटोभसँगै लिगको सर्बोच्च गोलकर्ता बने ।
टेभेज त्यस सिजन लिभरपुलविरुद्वको खेलमा घाइते भए । एफए कपको सेमिफाइनलमा आफ्नो पूर्व क्लब युनाइटेडसँगको खेल उनले गुमाउने भए । उनको अनुपस्थितीमा सिटी कमजोर त बन्ने नै भयो । त्यस खेलका लागि उता युनाइटेडका प्रभावशाली खेलाडी वायन रुनी पनि निलम्बित थिए । त्यसबखत सिटीका लागि टेभेज र युनाइटेडका लागि रुनी मध्ये को महत्वपूर्ण भन्ने बहस नै भएको देखियो । टेभेजको अनुपस्थितीमा टुरेले प्रभावशाली प्रर्दशन गर्दै सिटीलाई वेम्बलीमा युनाइटेड बिरुद्धको खेलमा जित दिलाए ।
टेभजको सिटी बसाइलाई दुई तरिकाले हेर्न सकिन्छ । उनको मैदानभित्र र मैदान बाहिरको भुमिकाका आधारमा । मैदान भित्र उनको प्रर्दशन सधै शसक्त रह्यो । अंक तालिकाको बीच तिर रुमलिरहेको सिटीलाई इंग्लिस फुटबलमो शक्तिका रूर्पमा स्थापित गर्न टेभेजको महत्वपुर्ण भुमिका रह्यो । तर मैदान बाहिर उनी विवादित रहे । विशेषगरी उनको मान्सिनीसँगको सम्बन्धमा धेरै उतारचढाब आयो ।
शायद, शेख मन्सुरले स्वामित्व लिइसकेपछिको सिटीका लागि अग्वेरो सवार्धिक सफल स्ट्राइकरका रूपमा रहनेछन् । तर सिटीलाई आजको स्थानसम्म आइपुग्न टेभेजले गरेको योगदानलाई भुल्न सकिदैन ।
सन् २०११ को बार्यन म्युनिखविरुद्धको च्याम्पियन्स लिगको खेलमा उनको र मान्सिनीबीचको खराब सम्बन्ध छरपस्ट भयो । खेलको बीचतिर मान्सिनीले टेभेजलाई मैदानमा पठाउने भए । त्यसका लागि उनले टेभेजलाई ‘वार्मअप’ गर्न भने । तर टेभेजले इन्कार गरे । त्यस घटनामा सर्मथकहरूले मान्सिनीलाई नै सर्मथन गरे । अवस्था कती सम्म बिग्रियो भने, सिटी सर्मथकहरूले टेभेज आउट लेखेको ब्यानर नै प्रर्दशन गरे । टेभेजले अन्नततः सिटी छाडे । तर सौर्हादपूर्बक ।
च्याम्पियन्स लिगको घटनापछि सिटीका धेरैजसो सर्मथकहरूले टेभेजलाई क्लबको जर्सीमा देख्न चाहेनन् । त्यस घटनापछि टेभेज अर्जेन्टिना हानिए । जहाँ उनी करिब पाँच महिना रहे । त्यसपछि टेभेज सिटी फर्किए । सर्मथकहरू र प्रशिक्षकसँग माफी मागे । २०११-१२ सिजनको चेल्सी बिरुद्धको खेलबाट टेभेजले सिटीको जर्सीमा पुनरागमन गरे । सामिर नासरीलाई गोलका लागि एसिस्ट गरे । खेल सिटीले २-१ ले जित्यो । प्रिमियर लिगका बाँकी ६ खेलमा पनि टेभेज देखिए । युनाइटेडलाई आठ अंकले पछी पार्दै सिटीले प्रिमियर लिग जित्यो । जसमा टेभेजको भुमिका नजरअन्दाज गर्न नसकिने खाल्को थियो ।
सिजनको बीचमा अर्जेन्टिनामा रहदाँ टेभेजले गल्फ खेलिरहेको फोटो बेलायती मिडियामा देखिएको थियो । सिटी फर्किसकेपछि टेभेजले नर्विच सिटी बिरुद्धको खेलमा ह्याट्रिक गरे । गोलको खुशियाली मनाउने क्रममा उनले गल्फ खेलेको अभिनय गरे । शायद उनी बेलायती मिडियामा प्रकाशित फोटोमा सत्यता रहेको भन्ने सन्देश दिन चाहान्थे ।
टेभेजले सिटीका लागि २०१२-१३ सिजन पनि खेले । जुन सिजन उनको र प्रशिक्षक मान्सिनी दुबैका लागि क्लबमा अन्तिम थियो । सिजनको अन्त्यमा टेभेज युभेन्टस लागे । इटालियन क्लबले टेभेजको स्थान्तरणका लागि सिटीलाई १० मिलियन तिर्यो । खेलाडीको स्तर हेरेर त्यो स्थान्तरण नगण्य थियो । युभेन्टसले सानो रकममा ठूलो खेलाडी भित्र्याउँदै थियो ।
टेभेजले सिटीमा १ सय ४८ खेल खेल्दै ७३ गोल गरे । सिटीका लागि सर्बाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा उनी पाँचौ स्थानमा छन् । अर्का अर्जेन्टिनियन फर्वाड अग्वेरो त्यस सूचीको अग्रस्थानमा छन् । जसले क्लबका लागि ३ सय ७३ खेलमा २ सय ५५ गोल गरिकेका छन् । शायद, शेख मन्सुरले स्वामित्व लिइसकेपछिको सिटीका लागि अग्वेरो सवार्धिक सफल स्ट्राइकरका रूपमा रहनेछन् । तर सिटीलाई आजको स्थानसम्म आइपुग्न टेभेजले गरेको योगदानलाई भुल्न सकिदैन ।
फर्गुसनले युनाइटेडबाट सन्यास लिइरहदाँ म्यानचेस्टरमा फुटबलको प्रधान शक्तिका रूपमा सिटी उदाउँदै गइरहेको थियो । सिटीलाई प्रिमियर लिग उपाधी जिताउनदेखि म्यानचेस्टरको सानो क्लबबाट प्रिमियर लिगकै महत्वपूर्ण मध्येको एकमा रूपान्तरण गर्न टेभेजको भुमिका सानो छैन । शेख मन्सुर आइसकेपछि सिटीले खेलाडी खरिदमा करोडौ खर्च गरेको छ । तर क्लबलाई बलियो बनाउन भरपर्दो जग बसाउन टेभेज खरिद नै महत्वपूर्ण बन्यो ।
कतिपय अवस्थामा टेभेज मैदान बाहिरको क्रियाकलापका आधारमा आलोचित नबनेका होइनन् । तर जब उनी मैदानमा हुन्थे सिटीको जुनसुकै खेल जित्ने सम्भावना बलियो भएकै हुन्थ्यो । उनी क्लबका लागि कुशल योद्दा थिए । सिटीको सफलता टेभेजबाटै सुरु भएको भन्दा शायदै गलत होइएला ।
(ब्लिचररिपोर्टमा प्रकाशित आलेख इकागजका प्रबिनबिक्रम कटवालले गरेका हुन)

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया