प्रधानमन्त्री ओलीलाई नेपाल समूहको जवाफ : प्रत्येक कारबाहीका निम्ति लामबद्ध छौं

काठमाडौँ : नेकपा एमालेको नेपाल–खनाल समूहले आफूहरू कारबाही भोग्न तयार रहेको जनाएको छ । भोलिदेखि हुने कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका नेता योगेश भट्टराईले आफूहरू कारबाहीका निम्ति तयार रहेको प्रतिक्रिया दिए ।
‘प्रधानमन्त्रीलाई यति मात्रै भन्न चाहन्छु । यो बुद्धको देश हो । शान्तिको देश हो । बालुवाटारमा बोलेको भाषा शक्तिको भाषा छ । त्यो बदल्न अनुरोध गर्दछु,’ उनले भने, ‘कारबाहीले मुलुक अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अहंकारपूर्ण अभिव्यक्ति हो । हामी एकपछि अर्को कारबाहीको निम्ति तयार छौं । लामबद्ध छौं । त्यसमा हामीलाई कुनै पश्चाताप हुनेछैन । हिनताबोध छैन । तपाईले गर्ने प्रत्येक कारबाहीका निम्ति लामबद्ध छौं । ’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि इतिहासले कठोर कारबाही गर्ने बताए । ‘इतिहासले तपाईलाई कठोर कारबाही गर्नेछ,’ उनले भने, ‘त्यो बेला तपाईंसँग रुने दुई जना पनि हुनेछैनन् ।’
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भोलिको भेलामा नजान नेता कार्यकर्तालाई सचेत गराएको प्रति पनि समूहले चुनौती दिएको छ । ‘उहाँको तर्कमा कोको नजर लाउन आउनुहुन्छ परिचयसहित आए हुन्छ । यो भेला तपाईंकै हो तपाई आफै आउनुस् । आथित्यता ग्रहण गर्नुस् । तपाईंकै भेलामा आउने तपाईंकै कार्यकर्ता हुन्,’ उनले भने ।
मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ओलीले नेपाल–खनाल समूहलाई कारबाही गर्ने संकेत गरेका थिए ।
याे पनि
ओलीले गरे खनाल-नेपाल समूहमाथि कारबाहीको संकेत

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

प्रतिक्रिया