महामारीपछिको आर्थिक प्रोत्साहन हटाउने चीन पहिलो देश

काठमाडौँः कोभिड–१९ महामारी शुरु भएपछि जारी गरिएका प्रोत्साहन प्याकेज चीन सरकारले फिर्ता लिएको छ । प्रमुख अर्थतन्त्रहरूमध्ये अर्थतन्त्र पुनरुत्थान हुँदै गएपछि आर्थिक प्रोत्साहन हटाउने चीन पहिलो देश हो । महामारीबाट परेको आर्थिक–सामाजिक र मानवीय जोखिम न्यूनीकरणका लागि धेरै देशहरूले प्रोत्साहन प्याकेज ल्याएका थिए ।
अमेरिका र युरोपेली देशहरूले भने अझै पनि प्रोत्साहन प्याकेजहरू जारी गरिरहेका छन् । यस हिसाबले आगामी दिनहरूमा चिनियाँ अर्थतन्त्र अन्य देशको तुलनामा चिनियाँ अर्थतन्त्रको आर्थिक विस्तारको दृष्टिले अग्रपंक्तिमा हुनेछ । चीनको यो कदमले अन्य देशहरूलाई आर्थिक वृद्धिलाई शिथिल नबनाइ वा बजारमा अस्थिरता सिर्जना नहुने गरी कसरी प्रोत्साहन फिर्ता लिने भन्ने चुनौती समेत थपिएको छ ।
यद्यपि चिनियाँ नीति निर्माताहरूले भने ज्यादा तातिएको हाउजिङ मार्केटको असन्तुलन जोगाउने चुनौती भने कायमै छ । उनीहरूले विगतको विश्वव्यापी आर्थिक मन्दीमा जस्तै ऋण कर्जामा अंकुश लगाउने बहुवर्षीय अभियान नै शुरु गर्ने चासो देखाएका छन् ।
यदि चीनले कर्जामा समेत अंकुश लगाउन थाल्यो भने यो गलत कदम हुनेछ र अर्थतन्त्रको पुनरुत्थानमा क्षति पुग्नेछ, जसले विश्व अर्थतन्त्रलाई नै क्षति पुर्याउन सक्नेछ । चीनको यो कदमले खराब कर्जा थप बढ्ने वा चीनियाँ धितोपत्र बजार (स्टक मार्केट)मा ठूलो गिरावट आउन सक्छ ।
अर्थशास्त्रीहरूले चीनले क्रमशः अर्थतन्त्रका विभिन्न क्षेत्रमा कर्जालाई नियन्त्रण गर्नेतर्फ नै अघि बढ्नेछ यसले कर्जाको ब्याजदर बढ्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्नेछ ।
चीनले वित्तीय घाटा समेत घटाउने लक्ष्य राखेको छ । यो वर्ष सरकारको खर्च र राजस्वको खाडल कुल गार्हस्थ उत्पादनको ३.३ प्रतिशत छ, सन् २०२० मा यस्तो घाटा ३.६ प्रतिशत थियो ।
बजेट घाटा कम हुनुको अर्थ चीनले अलिक कठोर वित्तीय नीति अबलम्बन गरेको प्रतीत हुन्छ । चीन सरकारले स्थानीय सरकारले जारी गर्ने विशेष बचतपत्रको कोटा समेत कटौती गरेको छ । यो बचतपत्रबाट स्थानीय सरकारले पूर्वाधारमा लगानी समेत कटौती भएको छ । यो वर्ष स्थानीय पूर्वाधारमा यो वर्ष ५६० अर्ब अमेरिकी डलर लगानी हुनेछ र अघिल्लो वर्ष ५७६ अर्ब डलर लगानी भएको थियो ।
त्यस्तै बेइजिङले केन्द्रीय सरकारले जारी गर्ने बचतपत्र पनि जारी गरेको छैन । चीनको केन्द्रीय सरकारले गत वर्ष १५४ अर्ब डलरको बचतपत्र बिक्री गरेको थियो ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आर्थिक विस्तारले गति लिन थालेपछि वित्तीय नीतिमा विस्तारै सामञ्जस्यता कायम गर्ने बताएका छन् । खछ्याङले केही अस्थायी नीतिहरू समयक्रममा हटाइने र नयाँ कर र शुल्क कटौतीजस्ता संरचनागत नीतिगत व्यवस्थामार्फत् त्यस्ता असन्तुलित प्रभावसँग प्रतिवाद गरिने उल्लेख गरेका छन् ।
(वाल स्ट्रीट जर्नलबाट)

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_dQbC098gcT_qmiqm7u6kaaklozqm534hm979pqjrpnuostuy0kit7gsyumverypgugmpjz7.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया