मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

जंगलमा आगो लागेपछि लुक्ला उडान प्रभावित

जंगलमा-आगो-लागेपछि-लुक्ल

सोलुखुम्बु : लुक्ला विमानस्थल नजिकैको जंगलमा आगलागी भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान प्रभावित समेत प्रभावित भएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जंगल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण १० हेक्टरभन्दा माथि जंगल क्षति भएको अनुमान गरिएको छ ।

आगलागीका कारण लुक्लामा विमान उडान र अवतरण प्रभावित भएको छ ।