भन्सार छली ल्याइएका सामग्रीसहित कन्टेनर नियन्त्रणमा
भन्सार-छली-ल्याइएको-सामग

काठमाडौं– भन्सार छलेर विल विजक भन्दा बढी सामग्री ल्याएका कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू कन्टेनरमा लोड गरी काठमाण्डौ लादै गरेको भन्ने सूचना पाएपछि प्रहरीले कन्टेनरहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकमा ना.६ ख. ९९९५ र वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर चोक ना.३ ख. ३९४४ नम्बरको कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं सूचना अधिकारी ओमप्रकाश खनालले जानकारी दिए।
ती कन्टेनरमा भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू, लत्ताकपडा, जुत्तालगायतका सामग्री रहेको उनको भनाइ छ। ती कन्टेनरमा भन्सार छली ल्याइएका करिब एक करोड बराबर मूल्यांकन गरिएको छ। कन्टेरनर चालकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया