दक्षजनशक्तिसहित बारुणयन्त्र तयारीको माग
दक्षजनशक्तिसहित-बारुणयन

दमौली : तनहुँको व्यास नगरपालिका–४ स्थित भूपाल हार्डवेयरमा आइतबार लागेको आगो निभाउन चार घण्टा लाग्यो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले ज्योति जनरल सप्लायर्स हुँदै नजिक रहेका घरमासमेत क्षति पुग्यो ।
आगलागीको केही समयमा व्यास नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुग्यो । छिर्न नमिल्ने साँघुरो गल्ली, मानिसको भीडभाडले गर्दा बारुणयन्त्र प्रयोगमा केही समय बाधासमेत पुग्यो ।
आइतबारको घटनाले ठूलो पाठ सिकाएको भन्दै आगामी दिनमा यस्ता घटनामा थप क्षति हुन नदिन दक्ष जनशक्तिसहित आधुनिक प्रविधिको बारुणयन्त्र तयारी गर्नुपर्ने स्थानीयबासीको माग छ । तनहुँ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ भन्छन्, “न दक्ष जनशक्ति छ नत बारुणयन्त्र नै, पोखराबाट दुई वटा बारुणयन्त्र नआएको भए ठूलो क्षति हुने रहेछ,” उनले भने ।
स्थानीवासी रजाक मियाँले जिल्लामा पर्याप्त बारुणयन्त्र नभएर अन्यत्रबाट मगाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए । “सदरमुकाममै यस्तो अवस्था भएपछि भोलि फेरि आगलागीका घटना हुँदा ठूलो क्षति हुनसक्छ, बेलैमा तयारी गर्नुपर्छ,” उनले भने ।
भूपाल हार्डवेयरको टहरा भत्काएर पोखरा, चितवन लगायतबाट मगाइएको बारुणयन्त्र र काठमाडाँैबाट ल्याइएको हेलिकप्टरलेबाट पानी खसालिएको थियो । अधिकांश स्थानीय तहमा बारुणयन्त्र छैन । बन्दीपुरमा भारत सरकारले बारुणयन्त्र दिएपनि प्रयोगमा नआइकन बिग्रिएको छ । रासस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया