बागमतीबाट २ वर्षमा चन्द समूहका १८१ जना पक्राउ, ४३६ जनाद्वारा पार्टी परित्याग

हेटौँडा : बागमती प्रदेशमा तत्कालिन नेत्रविक्रम चन्द समूहका १८१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले चन्द समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला बाहेकका दश जिल्लाबाट २ वर्षको अवधिमा १ सय ८१ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
उनीहरुमध्ये १ सय ७३ जनामाथि प्रहरीले सङ्गठीत अपराध, चन्दा असुली लगायतमा मुद्धा चलाएको थियो । ८ जना भने मुद्धा नचली छुटेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले बताइन् । दश जिल्लाबाट चन्द समूहका चार सय ३६ जनाले पार्टी परित्याग गरेका थिए । पार्टी परित्याग गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ नगरेको हो ।
सरकार र चन्द समूहबीच तीन बुँदे सहमति भएसँगै बागमती प्रदेशबाट २ जना कारागारबाट छुटेका छन् । हाल बागमती प्रदेशको सिन्धुली जिल्लाको कारागारमा एक जना कार्यकर्ता छुट्न बाँकी छन् । यसअघि चन्द समूहको अपराधिक गतिविधि बढेसँगै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेता तथा कार्यकर्ताहरुको हिटलिस्ट नै तयार पारेको थियो ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_lB06LN1dXM_olpm3yzgx4tyivtgy6goi81q9fz8chahssttdf7ow2jqinweyil62h3jrq0h.jpg)
प्रतिक्रिया