मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

आज राष्ट्रपतिले पूर्वप्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएकी छिन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकिय सचिव डा. भेषराज अधिकारीले आज सर्वदलीय बैठक बोलाएको जानकारी दिए । 

पछिल्लो समय देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी हुन् । राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसहित पूर्वप्रधानमन्त्रीहरूलाई पनि बोलाएको स्वकीय सचिव डा. अधिकारीले बताए ।