दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६ प्रतिशत

भारत : भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिड-१९ सङ्क्रमण दर ०.६ प्रतिशतमा झरेको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले सोमबार बताएका छन् ।
उनले भने, दिल्लीमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या आइतबार ४०७ रहेकोमा आज त्यसमा पनि कमी आई ४०० भन्दा कम सङ्क्रमण पुष्टि भएको छ । यद्यपि दिल्लीको सङ्क्रमण दरमा कहिले ह्वात्तै माथि जाने र कहिले कम रहने गरेकोले अझै कोभिड-१९ विरूद्ध अपनाइएका सावधानीका उपायलाई केही समय निरन्तरता दिनुपर्ने हुनसक्छ ।'
दिल्लीमा कुनै समय कोभिड-१९ सङ्क्रमितको दर करिब १५ प्रतिशत पुगेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमण दरलाई पाँच प्रतिशतभन्दा तल राखिएका स्वास्थ्य प्रणालीले काम गर्ने बताएको छ ।
'दिल्लीमा सङ्क्रमण दर करिब दुई महिनादेखि दुई प्रतिशतभन्दा कम रहेको छ र यो अन्य मुलुकको तुलनामा सन्तोषजनक अवस्था हो,' उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताउनुभयो ।
उनले थपे, 'राष्ट्रिय राजधानी दिल्लीमा कोभिड- १९ को सङ्क्रमण दर ०.६ मा झर्नु राज्य सरकारका लागि एउटा महत्वपूर्ण उपलब्धी हो ।
महाराष्ट्रमा कोभिड-१९ सङ्क्रमण दर १६ प्रतिशत रहेको छ भने गुजरातमा दिल्लीभन्दा तेब्बर बढी र पञ्जावमा छ गुणा बढी रहेको छ । पञ्जाबमा सकारात्मकताको दर छ गुणा पुगेको छ भने केरलाको सात गुणा र महाराष्ट्रको सङ्क्रमण दर दिल्लीको तुलनामा ३० गुणा बढी छ ।'
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा हाल दुई हजार २६२ कोरोना भाइरसका सक्रिय सङ्क्रमित विरामी दुई हजार २६२ रहेका छन् ।
अहिलेसम्म दिल्लीमा कोभिड-१९ सङ्क्रमित छ लाख ३० हजार ४९३ व्यक्ति निको भई घर फर्किएका छन् ।
यसैबीच, भारतमा गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमित नयाँ विरामीको सङ्ख्या भेटिएका र उक्त अवधिमा १६ हजार ६३७ व्यक्ति निको भई घर फर्किएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
ताजा सङ्क्रमितको थप सङ्ख्यासँगै देशभर कूल सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको छ जसमध्ये एक करोड १० लाखको हाराहारीमा सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोभिड-१९ सङ्क्रमित १६१ को मृत्यु भएको र अहिलेसम्म यस महामारीका कारण एक लाख ५८ हजार ६०७ ले ज्यान गुमाएका भारतीय अधिकारीहरूले बताएका छन् । (एएनआई)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया