लिबियाका नयाँ अन्तरिम प्रधानमन्त्रद्वारा कार्यभार सुरु

तोब्रुक : लिबियाका नव नियुक्त अन्तरिम प्रधानमन्त्री अब्दुल हमिद डिबैबाहले सोमबारदेखि कार्यभार सुरु गरेका छन् ।
आगामी डिसेम्बरमा निर्वाचन गर्ने मुल कार्यभारका साथ अन्तरिम प्रधानमन्त्री बनाइएका डिबैबाहले सपथ ग्रहण पनि सोमबार नै गरेका थिए ।
उत्तर अफ्रिकी मुलुक लिबियामा तत्कालिन तानाशाही शासक मोहम्मद गद्धाफीको हत्या भएपछि शक्तिमा जाने होडले मुलुक थप संकटमा फसेको छ ।
मुुलुकको संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल गरिरहेको छ भने सत्ता पक्ष र विद्रोही पक्षका बीचमा शान्ति सम्झौता गराउने प्रयास भइरहेको छ ।
त्यही प्रयासको नतिजा स्वरुप अन्तरिम सरकार गठन भएको हो । त्यसका लागि तीन सदस्यीय अध्यक्ष परिषद् समेत गठन भएको छ । सोमबार उनीहरु सवैले सपथ ग्रहण गरेका छन् ।
यो घटनालाई धेरैले सकारात्मक र ऐतिहासिक भनेर टिप्पणी गरेका छन् । यसले मुलुकलाई सही गन्तव्यतर्फ लाने अपेक्षा पनि गरिएको छ ।
डिबैबाहले उनको मन्त्रीपरिषद्लाई संसदले गत हप्ता अनुमोदन गरेपछि मात्रै सोमबार सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् ।
उनको मन्त्रीपरिषद्मा दुई जना उपप्रधानमन्त्री, २६ जना मन्त्री र छ जना राज्य मन्त्री छन् । ती मध्ये पाँच जना महिला छन् ।
सपथ ग्रहणपछि प्रधानमन्त्री डिबैबाहले मुलुक अब एक भएको र अब सकारात्मक नतिजा आउने विश्वास दिलाएका थिए । (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया