सचिवलाई कारबाही माग्दै मुख्यमन्त्रीलाई मन्त्रीको पत्र

सुर्खेत : सचिवलाई कारबाही गर्नु पर्ने माग गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र पठाएका छन् । सामाजिक विकास मन्त्रालयमा गत साउनमा आएका सचिव लोकनाथ पौडेललाई कारबाहीको माग गर्दै पत्र पठाएका हुन् । मन्त्रालयको काम नगरेर व्यक्तिगत लाभ हुने काम गरेको भन्दै कारबाहीको माग गर्दै मन्त्री रावलले २३ फागुनमा पत्र लेखेका थिए ।
मन्त्रालयको काम ठप्प भएपछि आफ्नै मन्त्रालयका सचिवलाई कारबाही गर्न माग मुख्यमन्त्रीलाई पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताए । मन्त्री रावलले सचिव पौडेलले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको, पदीय जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेको मन्त्रीले लेखेको पत्रमा उल्लेख छ । चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै काम अघि नबढेपछि पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताए ।
‘सचिव पौडेलले मन्त्रालयमा बहाली भएदेखि नै मन्त्रालयको कामलाई भन्दा आफ्नो व्यक्तिगत कामलाई मात्र महत्व दिइएको पाइयो’ मन्त्रीले पत्रमा लेखेका छन्, ‘सचिव पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर आर्थिक वर्षको अन्तिमतिर आउँदा पनि मन्त्रालयको काममा सिन्को भाँच्ने सम्मको काम नगरेको पाइयो ।’
सचिवले काम नगर्दा मन्त्रालयको कार्यसम्पादन प्रगति कमजोर देखिएको पत्रमा उल्लेख छ । ‘मन्त्रालयको कार्य सम्पादन प्रगति एकदमै कमजोर देखिएकाले सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउन आवश्यक कदम चाल्न र कारबाही अगाडि बढाउन मुख्यमन्त्री ज्यूलाई अनुरोध गर्दछु’ मन्त्रीको पत्रमा उल्लेख छ ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च तीन प्रतिशत मात्रै छ । मन्त्रालयसँग रहेको पुँजीगततर्फको एक खर्ब ४२ करोड २० लाख १४ हजार मध्ये चार करोड ५९ लाख ३० हजार एक सय ५१ रुपैयाँ मात्रै खर्च भएको छ ।
मन्त्री रावलको पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेपछि सचिव पौडेललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काजमा सरुवा गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया