दाहाललाई ओलीको लगातार फोन

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर छलफल गर्न एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । ओलीले सोमबार साँझ दाहाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले इकागजलाई जानकारी दिए ।
‘प्रधानमन्त्री ओलीले किन फोन गरे भन्ने छर्लङ्गै छ । उहाँको बानी सबैलाई थाहा छ । फोन वा भेटेर छलफल गर्दा के नै बिग्रन्छ र ?’ श्रेष्ठले भने, ‘सरकार फेर्ने बाहेक अरु कुनै पनि सहमति हुँदैन ।’ माओवादी केन्द्रका अनुसार ओलीले आइतबार साँझ पनि दाहाललाई फोन गरेर भेटवार्ता गर्न प्रस्ताव गरेका थिए ।

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

प्रतिक्रिया