बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा

मारिओपोल-शहरमा-पुनः-अस्थ

एजेन्सी – युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा गरिएको छ ।

मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।

यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।