स्थानीय तह सहिद स्मृति गोल्डकप : मच्छिन्द्र सेमिफाइनल प्रवेश

हेटौंडा : हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र क्लब प्रवेश गरेको छ । सोमबार संकटा क्लबलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।
खेलमा मच्छिन्द्रका राजेश परियारले गरेको एक गोल नै निर्णायक बन्यो । म्यान अफ दी म्याच घोषित हुँदै उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले म्यान अफ दी म्याचको पुरस्कार प्रदान गरेका हुन् ।
हारसँगै संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । क्लबको हारसँगै टिम म्यानेजर राजेश तुलाधरले खेलाडीहरूले मैदान भित्र आफ्नै ढंगले खेल खेल्दा हार ब्यहोर्नुपरेको प्रतिक्रिया दिए । उनले सोमबारको खेल दुवै टिमको बराबरी भए पनि गोल गर्न नसकेको बताए । विदेशी खेलाडीले पनि राम्रो खेल्न नसकेको उनको भनाइ छ ।
यस्तै विजेता मच्छिन्द्रका टिम प्रशिक्षक प्रवेश कटुवालले खेल जित्दा आफू सन्तृष्ट रहेको बताए । अन्य खेलाडीहरू अरु खेलमा व्यस्त हुँदा छोटो समयमा अहिलेको टिम राम्रो बनेकोे उनले बताए । उनले आगामी खेलमा केही खेलाडीहरू थप गर्ने जानकारी दिए ।
हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितमा मच्छिन्द्रको जितसँगै ३ वटा टिम सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुर–११, नेपाली आर्मी क्लब यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
अब मंगलबार अन्तराष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) र बागमती युवा क्लब सर्लाहीबिच सेमिफाइनल प्रवेश गर्न प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा चैत्र ४ गतेबाट सेमिफाइनल खेल सुरु हुनेछ भने चैत्र ७ गते फाइनल खेल हुनेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया