आमिर खानले छाडे ट्वीटर र इन्स्टाग्राम

मुम्बई : बलिउड अभिनेता आमिर खानले सोसल मिडिया छाडेको घोषणा गरेका छन् । उनले सोमबार दिउँसो ट्वीटरबाट अन्तिम पोस्ट लेख्दै आइन्दा आफू व्यक्तिगत अकाउन्टमा नदेखिने बताएका हुन् । उनले आफू र आफ्ना फिल्म सम्बन्धी जानकारी आमिर खान प्रडक्सनको अफिसियल अकाउन्टबाट प्रवाहित हुने पनि जानकारी गराएका छन् ।
अघिल्लो दिन मात्र जन्मदिन मनाएका उनले भोलिपल्ट यस्तो घोषणा गरेका हुन् । यो घोषणासँगै आमिर ट्वीटर र इन्स्टाग्राम दुवैतिरबाट गायब भएका हुन् ।
आमिर खान यतिबेला ‘लाल सिंह चढ्ढा’को सुटिङ गरिरहेका छन् ।
यो हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक हो । फिल्ममा करिना कपुर पनि मुख्य भूमिकामा छिन् । यो पछि भने उनले गर्ने फिल्मको बारेमा खास जानकारी बाहिर आएको छैन । उनले तमिल फिल्म ‘विक्रम वेधा’को रिमेकमा काम गर्ने बताए पनि पछि यो फिल्मबाट हात झिकेका थिए ।
यसैगरि ‘महाभारत’बनाउने घोषणा गरेका आमिरले सम्भावित विवादलाई ध्यानमा राख्दै यो फिल्म पनि नबनाउने संकेत गरेका छन् । ‘लाल सिंह चढ्ढा’ यो वर्षको अन्तिममा रिलिज हुने चर्चा छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_g4VACZqKqB_go5mwgtmt477p6wmey5r07vgz4qjf2fgulerzr9jcdwcgk6uyokexje5qena.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया