हिस्स नम्रता !

काठमाडौं : नेपालका फिल्म अवार्डमा कोही कलाकार उपस्थित भयो भने बुझ्नु पर्छ, उसले अवार्ड पाउँदैछ । नत्र आफूले पाउने संकेत पाएनन् भने कलाकार अवार्ड हुने भेन्यु मरिगए टेक्दैनन् । आजभोलि हुने फिल्म अवार्डको नियति यही हो । त्यसैले आयोजक पहिले नै अवार्ड पाउने ‘हिन्ट्स’ सहित कलाकार बोलाउँछन् । कलाकार पनि दंग परेर आउँछन् ।
तर, सधैं त्यस्तो नहुन सक्छ । गत शनिबार सम्पन्न नेपाल चलचित्र प्राविधिक संघले गरेको नेफ्टा अवार्डमा यस्तै अनपेक्षित दृश्य देखियो । शनिबार सोल्टी होटलमा वितरण गरिएको कार्यक्रममा जो जो कलाकार आए लगभग अवार्ड बोकेरै गए ।
सुहाना थापा अघिल्लो दिन नै गीतको सुटिङका लागि से–फोक्सुन्डो उड्नु पर्ने थियो तर अवार्ड थाप्नकै लागि एक दिन बसिन् । यसैगरी फिल्मका कार्यक्रममा विरलै देखिने साम्राज्ञीराज्य लक्ष्मी शाह पनि लोकप्रिय अभिनेत्रीको अवार्ड थाप्न समारोहमा उपस्थित थिइन् ।
अवार्ड पाउने संकेत पाएर नै हम्मेसी कतै नहिँड्ने बिपिन कार्की पनि रातिसम्म आफ्नो पालो कुरेर बसिरहेका थिए । यसरी जो समारोहमा थिए ती खालिहात फर्केनन् । यो भिडमा चिटिक्क परेर आएकी थिइन्, नम्रता श्रेष्ठ पनि । नयाँ फिल्मका हिरो विनय श्रेष्ठ र शारुक ताम्राकारसँग आएकी नम्रता ६ घन्टा लामो अवार्ड समारोहमा ढुक्कै बसिन् ।
बीचबीचमा शारुकको हात समातेर यताउति गरिरहन्थिन् त्यो बेग्लै कुरा भयो । तर, यति लामो समारोहमा नम्रता बस्नुको मतलब थियो ‘प्रसाद’बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी नम्रताले अवार्ड पाउँदैछिन् । किनकि सोही विधामा मनोनयनमा परेका अन्य अभिनेत्री कार्यक्रममा थिएनन् ।
उत्कृष्ट अभिनेत्रीको मनोनयनमा नम्रताको प्रतिस्पर्धा मेनुका प्रधान, दीपिका प्रसाइँ, सृष्टि श्रेष्ठ र पूजा शर्मासँग थियो । तर, समारोहमा चारै जना अनुपस्थित ।
तर जब उत्कृष्ट अभिनेत्रीको नाम घोषणा भयो, नम्रताको होइन मेनुकाका नाम आयो ।
मेनुकाले ‘साइँली’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् । नम्रता हिस्स भइन् । २०७५ सालमै रिलिज भएको फिल्म ‘बुलबुल’ले धेरै अवार्डलाई मूल्यांकनका लागि फिल्म नदिँदा नम्रतालाई चिठ्ठा पर्ने गरेको थियो । नत्र त ‘बुलबुल’बाट स्वस्तिमा खड्का निर्विवाद विजेता थिइन् ।
नेफ्टामा पनि ‘बुलबुल’ समावेश थिएन । यसपछि स्वस्तिमाको विकल्प नम्रता नै हुन् भन्नेमा कसैलाई दुविधा थिएन । तर, जुरीले नम्रतालाई छाडेर मेनुकालाई योग्य मान्यो । नम्रता त्यत्रो समय बसेको खेरै गयो ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया